काठमाडौं, १३ भाद्र । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय रक्षा मन्त्री राजनाथ सिंहसँग राजधानी नया दिल्लीमा भेटवार्ता गरेका छन् ।
भारतको रक्षामन्त्रीमा सिंह नियुक्त भएपछि भएको पहिलो भेटमा दुवैले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धको बारेमा चर्चा गरेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा सिंह रक्षामन्त्री बनेका हुन् । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का पूर्व अध्यक्ष समेत रहेका सिंह पहिलो कार्यकालमा गृहमन्त्री रहेका थिए ।
आचार्य र सिंहबीच द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने विषयमा धारणा आदान प्रदान भएको दूतावासले जनाएको छ । सिंह नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका नेता हुन् ।
तपाईको प्रतिक्रिया