काठमाडौँ, १२ असार । नेपाल र भारतका चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच आपसी पहिचान सम्झौता (एमाआरए) हुने भएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट सिए बनेका जनशक्तिलाई भारतीय चार्टर्ड एकाउन्टेन्स् संस्था ( आइसीएआई) ले मान्यता दिने प्रावधान सहित सम्झौता हुन लागेको हो ।
यसका लागि आइसीएआईको परिषद्ले निर्णय गरिसकेको छ । नेपालले पनि भारतबाट सिए गरेकालाई निश्चित प्रक्रियापछि मान्यतादिने गरि सम्झौता गर्न लागेको हो । नेपालका भारतीय सिएले फर्म खोल्न चाहेमा कम्तीमा ५१ प्रतिशत हिस्सा नेपालीको हुनुपर्ने प्रावधान राखिएको छ ।
त्यस्तै नेपाली सिएले पनि भारतीय बोर्डबाट सदस्यता पाए पनि फर्म खोल्न भने पाउने छैनन् । यसअधि भारतले नेपाली सीएलाई मान्यता दिन नमानेपछि आइक्नले पनि विभिन्न बन्देज लगाउँदै आएको थियो ।
तपाईको प्रतिक्रिया