सर्लाही, १० असोज । नेपाल–भारत सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त रुपमा सहायता कक्ष स्थापना गरेका छन् ।
चाडबाडको समयमा सीमा क्षेत्रमा ओहोरदोहोर गर्ने सर्वसाधारणको भिड रहने भएकाले दुवै देशका सुरक्षाकर्मीको समन्वयमा संयुक्त सहायता कक्ष सञ्चालनमा ल्याइएको सर्लाहीको कविलासी स्थित सशस्त्र प्रहरीको १० नं. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए ।
संयुक्त सहायता कक्षमा नेपालको तर्फबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतको तर्फबाट भारतीय सीमा सुरक्षा बलको टोली रहने छ ।
नजिकिदो दशैं, तिहार, छठ लगायत पर्वमा भारतमा रहेका नेपाली तथा नेपालमा रहेका भारतीय नागरिक ओहोरदोहोर गर्नेहरुको सीमा क्षेत्रमा लर्को लाग्ने गर्दछ ।
सर्वसाधारणहरुको आवत–जावत भिड हुने समयमा आपराधिक गतिविधि नहोस् भन्ने उद्धेश्यले दुवै देशका सुरक्षाकर्मीको संयुक्त सहायता कक्ष संचालनमा ल्याईएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
तपाईको प्रतिक्रिया