काठमाडौं, १२ पुस । चार वर्षअघि सुरु गरिएको नेपाल–भारत सीमा क्षेत्रको वैज्ञानिक मापन जारी छ । एक हजार आठ सय ८० किमि लामो नेपाल–भारत सीमा क्षेत्रमा हालसम्म करिब ६ हजार सीमा स्तम्भ गाडिएका छन् ।
सीमा क्षेत्रमा आठ हजार आठ सय ५४ पिलर गाड्नुपर्ने हुन्छ । नेपाल–भारत सीमा क्षेत्रको वैज्ञानिक मापन गर्न चार वर्षअघि गठित संयुक्त सीमा कार्यदलले हालसम्म करिब आधा मात्र काम गरेको छ । कार्यदलले नेपाल–भारत सीमा क्षेत्रमा आठ हजार पाँच सय ५४ सीमा स्तम्भ गाड्ने तयारी गरेको छ ।
सन् १८१६ को सुगौली सन्धि आधार मानेर हाल सीमाको वैज्ञानिक मापन गर्न सुरु गरिएको नापी विभागले जनाएको छ । यसरी सीमा मापन गर्दा नेपालले भोगचलन गरेको केही भूभाग भारततिर र भारतले भोगचलन गरेको केही भूभाग नेपालतिर आएको निष्कर्ष विभागको छ ।
तपाईको प्रतिक्रिया