नेपाल सम्वत्ले असमानताको खाडल पुर्ने प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री ओली

समाचार

10/29/2019

काठमाडौं, १२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्ले नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन् ।

नेपाल सम्वत् ११४० को अवसरमा मंगलबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीको सन्देशमा नेपाल सम्वत् मौलिक सम्वत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट सुरु गरिएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “नेपाल सम्वत्ले हामीलाई परोपकारतर्फ प्रेरित गरोस्, उज्यालो तर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् ।”

नेपाल सम्वत्का प्रवर्तक शंखधर शाख्वाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उनको योगदानको कदर गर्दै राष्ट्रिय विभूती घोषणा गरिएको उल्लेख गरेका छन् ।

शंखधर शाख्वाले गरिबहरुको ऋण मोचन गरिदिएको खुशियालीमा यो सम्वत् सुरु गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, “यसको सुरुवात जसरी विपन्ता विरुद्ध वर्गीय खाडललाई पुर्ने अभिप्रायबाट भएको हो, त्यहीं अभिप्रायलाई पछ्याउँदै हामीलाई विपन्नता विरुद्ध, गरिबी विरुद्धको लड्न नेपाल सम्वत्को नयाँ वर्षले मद्दत पु¥याओस्” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ “हामी कहाँ भएको असमानताको खाडल पुर्न र एकतालाई मजबुत पार्न मद्दत्त पु¥याओस् । म सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ