विराटनगर, २२ कार्तिक । नेपाल संवत् ११३९ को उपलक्ष्यमा आज यहाँ मोटरसाइकल ¥याली निकालेका छन् ।
विराटनगरमा बसोबास गर्दै आएका नेवार समुदायले शङ्खधर साख्वाको शालिकमा माल्यार्पण गरेर झि पुचः विराटनगरबाट शुरु भएको सो मोटरसाइकल ¥याली नगरका विभिन्न भाग परिक्रमापछि पुनः सोही स्थानमा गई समापन भएको थियो ।
झि पुचः विराटनगरद्वारा आयोजित सो मोटरसाइकल ¥यालीमा नेवार समुदाय अन्य समुदायका मानिससमेत समावेश भएका थिए । संस्कृतिविद् सिर्जना प्रधानले झि पुचः विराटनगर परिसरमा स्थापना गरिएको नेवार सङ्ग्रहालयको उद्घाटन गरे ।
सो सङ्ग्रहालयमा नेवारी समुदायको भाषा संस्कृति र पहिचानसम्बन्धी वस्तु तथा कृतिहरू राखिने बताइएको छ ।
तपाईको प्रतिक्रिया