वीरगन्ज, १६ असार । वीरगञ्ज महानगरपालिकामा प्रथम पटक चार दिवसीय नमुना युवा सांसदको अभ्यास सम्बन्धि कार्यक्रम समापन भएको छ ।
चार दिनदेखि वीरगंजको होटल विरगंज दरबारको सभाहलमा भएको कार्यक्रम सांसद, मन्त्री, प्रधानमन्त्रि र राष्ट्रपतिको नमुना युवाहरुको पदभार दिई तालिम गराइएको थियो ।
उक्त तालिममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी लगायतको उपस्थिती रहेको थियो । नमुना युवा सांसदको अभ्याससम्बन्धि ४ दिने कार्यक्रममा ६० जना छात्रछात्राहरुले भाग लिएकाहरुलाई प्रमाण–पत्र वितरण गरी कार्यक्रमको समापन गरीएको थियो ।
समापनको क्रममा सहभागी ६० जना नमुना युवा सांसदहरुका लागि वीरगंजमा पूर्व युवा सांसद भवनको खाँचो भएको युवा नेता सन्तोष गुप्ता बताएका छन् ।
तपाईको प्रतिक्रिया