‘न्युक्लियर मेडिसिन’ विषयमा विद्यावारिधि प्राप्त गर्ने गुप्ता पहिलो नेपाली

समाचार

10/10/2018

इटहरी, २३ असोज । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, रेडियोलोजी विभागमा कार्यरत अरुण गुप्ताले ‘न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ’ विषयमा विद्यावारिधि प्राप्त गरेका छन् ।

सिओल नेशनल युनिभर्सिटी कोरियाबाट सो विषयमा विद्यावारिधि प्राप्त गर्ने उनी नेपालमै पहिलो व्यक्ति भएको प्रतिष्ठानले जनाएको छ ।

यो विषयमा विद्यावारिधि प्राप्त गर्ने आफू पहिलो नेपाली हुन पाएकोमा निक्कै गर्व महसुस भएको गुप्ताले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ