सुर्य बराल, चितवन, २५ वैशाख । सहकारी संस्थाहरुमा ब्यापक मात्रमा बिकृती बढेको भएपनि सरकारको नियामक निकायहरुको बेवास्ता र गैह्र जिम्बेवारपनाको कारण बचतकर्ता तथा क्रणी रहेका आम नागरिकहरु आर्थिक शोषणको दुश्चक्रमा परेका छन् ।
साथै कतिपय सहकारीहरुले बचतकर्ताहरुको बचतमाथी नै खेलवाड गरिहेको भएपनि त्यस्ता सहकारीहरुलाई नियन्त्रण गर्न ढिलाई हुँदा बचतकर्ताहरुको बचत रकम नै जोखिममा पर्ने खतरा उत्पन्न भएको छ ।
चितवनमा यस्ता दर्जनौं सहकारीहरुले सहकारीको सिद्धान्त बिपरित अबैध कारोबार गरिरहेको भएपनि नियामक निकायहरुको मुकर्दशकितालाई आम सर्बसाधरणले शंशयको दृष्टिले हेरिरहेका छन् ।
यस्तै अबैध रुपमा आफ्नो कार्यक्षेत्र भन्दा बाहिर बचतकर्ताबाट गैह्रकानुनी रुपमा बचत संकलन गर्ने कार्यमा लोकेन्द्र अधिकारी सञ्चालक रहेको केन्द्रदिप कृषी सहकारी संस्था लि. पनि रहेको छ । सहकारीको कार्यालय भरतपुर २० चनौलीमा रहने र कारोबार एउटा वडामा मात्र गर्ने भनिएपनि सो सहकारीले भरतपुर ३ नारायणगढमा सम्पर्क कार्यालय नै खोली अबैध कारोबार गरेका हो ।
१२०४ दर्ता नम्बर रहेको उक्त सहकारी २०७४ असार २१ गते दर्ता भएको देखिन्छ । कागजी रुपमा १प्रतिशत सेवा शुल्क लिएपनि क्रृणीसँग ३ प्रतिशत सम्म सेवा शुल्क लिने गरेको सो सँस्थाबाट क्रृण लिएका क्रृणीहरुको गुनासो छ । बोर्ड नराखिकन शहिदचोकबाट बेलचोक जाने सडकको होटल जम्काभेट नजिकैको घरको दुईतलामाथी उक्त सहकारीको कार्यालय राखीएको छ ।
कार्यालय अधिकारीकी दोश्री श्रृमतीले सञ्चालन गर्ने गरेको बुझिएको छ । अधिकारीले अन्य सञ्चालकहरुको समेत आफै किर्ते हस्ताक्षर गरी कारोबार गर्ने गरेको खुल्नमा आएको छ । यसअघि पनि अधिकारीले सर्बाङ्ग बचत तथा क्रण सहकारी सञ्चालन गर्ने भन्दै नारायणगढका ब्यापारीहरुबाट लाखौं उठाई ठगी गरेको बुझिएको छ ।
अधिकारीले सहकारीको कार्यालय बनाउन लगाएका मजदुरको समेत अझै पारिश्रमिक नदिएको पिडीत श्रमिकले बताए । यसरी सहकारीको नाममा अबैध रुपमा बचत संकलन गर्ने अधिकारीले भोली तलमाथी गरेमा को जिम्बेवार हुने ?
स्मरण रहोस बिगतमा यसरी नै देशभरीका बचतकर्ताबाट रकम उठाएका ओरियण्टल सहकारीका सुधिर बस्नेतको कारण धेरै मानिसको जायजेथा गएको छ । त्यो बिषय अझै सल्टिन नसक्दा बेलाबेला सरकारको टाउको दुखाई भईरहेको छ ।
अधिकारी जस्ता ग्रहकानुनी कार्य गर्नेहरुलाई अबिलम्ब नियन्त्रणमा लिईयोस र आम बचतकर्ताको रकमको सुरक्षा गरियोस् ।
तपाईको प्रतिक्रिया