नारायणी नदिमा बेपत्ता भएकाको शव फेला

समाचार

2/25/2019

चितवन, १२ फागुन । चितवन जिल्लाको भरतपुर महानगरापालिका १ स्थित नारायणी नदिमा नुहाउने क्रममा वेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले निकालेको छ ।

फागुन ११ गते नारायणी नदिमा नुहाउने क्रममा भारत घर भई सोही महानगरपालिका १ नारायणगढ डेरा गरी बस्ने १५ वर्षिय मनिष साह नदिमा डुवेर वेपत्ता भएका थिए ।

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको एपीएफ टोली खोजी कार्यको लागि उक्त स्थानमा खटिएको थियो ।

आइतबार बिहानबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको कमाण्डमा आवश्यक उद्धार सामाग्रीसहित खटिएको गोताखोर टोलीले खोजी गर्ने क्रममा निज साहको शव बिहान करिव ११ बजे नदिबाट बाहिर निकाल्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ