काठमाडौं, ८ कार्तिक । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तह सदस्यको रिक्त रहेको पदहरूमा नेपाल सरकार र निर्वाचन आयोगद्वारा मंसिर १४ गते सम्पन्न गर्ने गरी उपनिर्वाचन कार्यक्रम कार्यतालिका प्रकाशन गरी सकिएको छ ।
आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्नको लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा सरोकारवाला निकाय एवम् व्यक्तिले पालना गर्नुपर्ने निर्वाचन आचार संहिता, २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ उपनिर्वाचनको लागि मिति २०७६ साल कार्तिक ८ गते शुक्रबारबाट लागू गरिएको छ ।
साथै, आयोगले नीतिगत निर्णय गरी थप प्रावधानहरू उपनिर्वाचनका लागि लागू गर्न र आवश्यक नदेखिएका निर्वाचन आचार संहिता, २०७२ का दफाहरू दफा ५ खण्ड (ख) को (१क), दफा ५ खण्ड (ख१) को (३क) हाललाई स्थगन गर्ने निर्णय समेत गरेको छ ।
तपाईको प्रतिक्रिया