नवनिर्मित शौचालयको सेट्रिङ खोल्ने क्रममा निसास्सिएर ४ जनाको मृत्यु

समाचार

7/1/2019

मोरङ, १५ असार । सुनबर्सी नगरपालिका ९ मुसलमान टोलस्थित मर्कस मस्जिदको कम्पाउण्डमा नवनिर्मित शौचालयमा काठको सेट्रिङ खोल्ने क्रममा निसास्सिएर ४ जना कामदारहरुको शनिबार दिउँसो मृत्यु भएको छ ।

उक्त सेट्रिङ खोल्न भित्र पस्दा निसास्सिएर असक्त भएका उनीहरुको रंगेली अस्पताल हुँदै विराटनगर गोल्डेन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा सोही स्थान बस्ने ४५ वर्षीय कपिल आलम, २० वर्षीय फिरोज आलम, २५ वर्षीय सहनवाद आलम र २२ वर्षीय ओसिब आलम रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ