नवलपरासी, २३ भाद्र । नवलपरासीको सुस्तामा सामूहिक बलात्कारका आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
१९ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा नवलपरासीको सुस्ता गाउँपालिका ३ बस्ने ४५ वर्षीय सुरेन्द्र यादव, २५ वर्षीय मनमोहन राजभर, २२ वर्षीय शिवराज राजभर, ३७ वर्षीय भिमलाल मुसहर, २२ वर्षीय सन्दिप यादव, २२ वर्षीय रज मुसहर, ४० वर्षीय नेत्र चौधरी, १९ वर्षीय पिन्टु राजभर र १९ वर्षकै अमरनाथ भिडहारलाई प्रहरीले पक्राउ गरेको छ ।
लुकिछिपी भागिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीहरुले किशोरीलाई धम्की दिएर उँखुबारीमा लगेर बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ ।
तपाईको प्रतिक्रिया