बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर

समाचार

8/1/2019

रौतहट, १६ साउन । काठमाडौंस्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालले बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
अस्पताल ट्रस्टकी सदस्य अनामिका निधिको नेतृत्वमा पुगेको टोलीले बाढी प्रभावित रौतहटको दुर्गा भगवती गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
गत असारको अन्तिम साता अबिरल वर्षाका कारण प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्ला प्रभावित भएको छ ।
अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी बाढी प्रभावित लाभान्वित भएको ट्रस्टकी सदस्य निधिले बताइन ।
अबिरल वर्षापछि आएको बाढीका कारण सयौं परिवार घरबारविहीन हुनका साथै उनीहरुको स्वास्थ्यमा आउनसक्ने प्रतिकूल असरबाट जोगाउन स्वास्थ्य शिविरको आयोजना गरिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ