काठमाडौं, ३ साउन । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मा निर्माण गरिएको पाइपलाईनमा पेट्रोलियम पदार्थ आउन सुरु भएको छ । चार अर्ब रुपैयाँ लगानीमा निर्माण भएको उक्त पाइपलाईन डिजेल पठाइएको हो ।
उद्घाटनपश्चात अमलेखगञ्जमा ४ वटा ट्यांकीमा डिजल जम्मा गरिने छ । अमलेखगञ्जमा २ वटा ट्यांकी ३९ लाख किलोलिटर र २ वटा ट्यांकी ४१ लाख किलोलिटर क्षमताका छन् ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) र नेपाल आयल कर्पोरेसन (एनओसी) दुबैतर्फको कन्ट्रोल रुमबाट विशेष प्रविधि प्रयोग गरी तोकिएको मात्रामा तेल नेपालतर्फ भित्रिनेछ ।
तपाईको प्रतिक्रिया