पेट्रोलियम पाइपलाइनको अवलोकन

समाचार

7/24/2019

बारा, ८ साउन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको संयुक्त अवलोकन गरेका छन् । 

अवलोकनपछिको सम्बोधनमा मन्त्री यादवले नेपाल–भारतबीच पेट्रोलियम पाइपलाइन बन्नु समृद्धिको आधार रहेको बताए ।
भारतीय राजदूत पुरीले पनि दुवै देशका आयल निगमहरूको संयुक्त प्रयासका कारण निर्दिष्ट समयभन्दा ८ महिना अघि नै संरचना निर्माण भएकाले दुवै धन्यवादको पात्र रहेको बताएका थिए । 

भारतको मोतीहारीबाट पाइपलाइनमार्फत पठाइएको डिजेल पहिलो पटक अमलेखगञ्जमा खसेको थियो । परीक्षणका लागि डिजेलभन्दा पहिला पानी पठाइएको थियो ।

पाइपलाइन निर्माण गर्ने काम २०७४ पुसबाट शुरू भएको थियो । निर्माण शुरू भएको १८ महिनापछि पाइपलाइन निर्माणको काम सम्पन्न भएको छ । उक्त पाइपलाइन संरचना करीब ७० किलोमिटर लामो छ । नेपालतर्फ ३७ दशमलव २५ किलोमिटर रहेको छ भने भारततर्फ ३२ दशमलव ६५ किलोमिटर रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ