जनकपुरधाम, २ साउन । जनकपुरधाममा पहिलो चोटि पाईल्स र फिस्टूला केयर संचालनमा आएको छ ।
ज्ञानकूप स्कूल नजिक संचालनमा आएको सो हास्पिटलमा खासगरी पाईल्स र फिस्टूलाको उपचार हुने पाईल्स एंड फिस्टूला केयर सेन्टरका डा. अनितभ साहले जानकारी दिए ।
बुधबार सो होस्पिटलको जनकपुरधाम उप महानगरपालिकाका मेयर लालकिशोर साहले उद्घाटन गरे ।
स्वास्थ्य क्षेत्रमा बिशेष सेबा प्रदान गर्नका लागि अत्याधुनिक तथा आयुर्वेदिक क्षारसूत्र बिधि द्वारा संबंधित सम्पूर्ण समस्या समाधान गरिने डा.साहले बताए ।
जनकपुरधाम क्षेत्र वरिपरिका रोगिहरू भारत तथा काठमाडौं दौड्ने समस्यालाई अब यही निवारण हुने उनले दाबी गरे ।
तपाईको प्रतिक्रिया