पक्राउ परेको २२ लाख मूल्य बराबरको सवारी साधन भन्सार पठाइयो

समाचार

8/2/2019

रौतहट, १७ साउन । विभिन्न ठाउँबाट शंकास्पद रुपमा पक्राउ परेका सवारी साधनहरु कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले आवश्यक अनुसन्धान गरी पक्राउ परेको २२ लाख मूल्य बराबरको मोटरसाइकल, चारपांग्रे गाडीहरु कारबाहीका लागि बिहीबार भन्सार कार्यालय पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट क्राइम इन्भेष्टिगेशन टीममा खटिएको प्रहरी टोलीले कभर्ट अपरेशनको माध्यमबाट विभिन्न मिति, समय र स्थानहरुमा चेक जाँच गर्ने क्रममा स्कारपियो पिक अप १ थान र विभिन्न कम्पनीका मोटरसाईकल शंकास्पद लागी पक्राउ गरी यस कार्यालयमा ल्याई अनुसन्धान कार्य गरी अनुसन्धान कार्य पश्चात स्कार पियो १ थान पिक अप १ थान गरी अन्दाजी मुल्य रु १२,००,०००।(बाह्र लाख) र बिभिन्न कम्पनीका ३० बटा मोटरसाईकलहरुको अन्दाजी मुल्य रु १०,००,००। (दश लाख) समेत गरी जम्मा गरी रु २२,००,०००। (बाईस लाख) बराबरको सवारी साधनहरु भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ