सिरहा, ५ असोज । सिरहा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
गोलबजार नगरपालिका–९ गोबिन्दपुर टोल बस्ने राजु थापाकी १० वर्षीया छोरी प्रतिक्षा थापा दर्लामी र सोही ठाउँ बस्ने सबिना खातुनकी छोरी १२ वर्षीया रानी खातुनको आइतबार बिहान डुबेर मृत्यु भएको छ ।
सोही ठाउँस्थित जोभा जंगलमा बाख्रा चराउन गएको बेला पोखरीमा नुहाउने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया