काठमाडौं, ९ जेठ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले पोखराबाट भारतको उत्तराखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा सञ्चालन गरेको छ ।
समितिअन्तर्गतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले विगत १२ वर्षदेखि पोखराबाट दैनिक भारतको राजधानी नयाँदिल्लीसम्म बस सञ्चालन गर्दै आएकामा देहरादुनसम्म थप सेवा शुरू गरेको हो ।
सो सेवाको शुभारम्भ गर्दे समितिका अध्यक्ष एनकुमार साईले सिधा बस सेवा सञ्चालनबाट भारतीय पर्यटकलाई नेपाल भ्रमणमा आउन सहज हुने र पोखराको पर्यटन प्रवद्र्धनमा योगदान मिल्ने बताए । पोखराबाट नारायणगढ, बुटवल, महेन्द्रनगर, वनबास, रूद्रपुर, हरिद्धार हुँदै देहरादुनसम्म बस सञ्चालन गरिने छ ।
तपाईको प्रतिक्रिया