महोत्तरी, १७ फागुन । महोत्तरी जिल्लाको मटिहानीस्थित ऐतिहासिक लक्ष्मीसागर पोखरीको सरसफाइ गरिएको छ ।
नेपाली सेनाको फष्ट रैफल गण प्रकौली जलेश्वर, सशस्त्र प्रहरी, नेपाल प्रहरी मटिहानी, मटिहानी नगरपालिका र स्थानीयहरूले शुक्रबार बिहानदेखि सो पोखरी सरसफाइ गरेका छन् ।
पौराणिक र ऐतिहासिक सो पोखरीमा जलकुम्भी र फोहोर भएपछि पोखरी संरक्षण गर्ने उद्देश्यले सफाइ गरिएको कुरा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले बताए ।
सो धार्मिक पोखरीबाट त्रेतायुगमा रामसिताको विवाह हुँदा विवाहको यज्ञवेदी निर्माण गर्न सो पोखरीबाट माटो खनेर लगेको धार्मिक मान्यता रहेको छ ।
पोखरी सफाइमा सयौं सुरक्षाकर्मी र स्यानीयहरूको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया