पेट्रोलियम पाइपलाइन नेपालका लागि ‘गेम चेञ्जर’ : भारतीय राजदूत

समाचार

7/19/2019

काठमाडौं, २ साउन । भारतीय राजदूत मञ्जिव सिंह पुरीले मोतीहारी–अमेलखगञ्ज पेट्रोलियम पाइप लाइन नेपालका लागि ‘गेम चेञ्जर’ आयोजना हुने बताएका छन् ।

पेट्रोलियम पदार्थ पाइपबाट ल्याउन सफल भएपछि अब ग्यास पाइपलाइनतिर लाग्नुपर्ने उनले बताए । राजधानीमा पुष्पलाल स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा राजदूत पुरीले पेट्रोलियम पाइपलाइन तराई र नेपालका लागि गेम चेञ्जर परियोजना भएको बताए ।

उनले अब दुवै देशले ग्यास पाइपलाइनबारे कल्पना गर्नुपर्ने पनि उल्लेख गरे । नेपालसँग हवाई इन्धन ३ दिनका लागि मात्र भण्डारण रहने स्थिति रहेको अवस्थामा पाइपलाइन परियोजनाले राहत दिने उनले दाबी गरे ।

भारतीय अर्थतन्त्र फैलिँदै गएको भन्दै उनले नेपालले त्यसबाट फाइदा लिनसक्नुपर्ने उल्लेख गरे । ‘भारत ५ हजार अर्ब अमेरिकी डलरको अर्थतन्त्र हुँदैछ । यसबाट नेपालले फाइदा लिनुपर्छ’, उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ