पृतनापति समन्वयात्मक बैठक सम्पन्न

समाचार

9/10/2019

काठमाडौं, २४ भाद्र । जङ्गी अड्डामा शुक्रबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा शुभारम्भ भएको तीनदिने ‘पृतनापति समन्वयात्मक बैठक’ आइतबार सम्पन्न भएको छ ।

समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आआफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने सुरक्षा चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुको साथै नेपाली सेनाका विविध कार्यहरुको प्रगति समीक्षा, मूल्याङ्कन र विश्लेषण समेत भएको थियो ।

उक्त बैठकमा पि.एस.ओज रथीबृन्द, पृतनापतिहरु तथा अन्य रथीबृन्दहरु समेत सहभागीता रहेको थियो भने प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त समन्वयात्मक बैठकको समापन गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ