झापा, १४ साउन । बाह्रदर्शी गाउँपालिका-२ बस्ने सन्तोष मलिक डुमको छोरा १२ वर्षीय छोरा बादल मलिक डुम मंगलबार बिहान पानीमा डुबी मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
सोमबार दिउँसो सोही ठाउँ बस्ने रोहित मलिक डुमको ११ वर्षीय छोरा सागर मलिक डुमसँग खेल्न जाने भन्दै साइकलमा हिंडेकोमा उनीहरु फेला नपरेपछि खोजी गर्ने क्रममा बादल मलिकको शव मंगलबार बिहान सोही ठाउँस्थित खोला किनारामा फेला परेको हो ।
हाल फेला नपरेका सागर मलिक डुमको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया