महोत्तरी, १५ मंसिर । पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको निर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टीले पुनः अग्रता लिएको छ ।
प्रदेश २ का सत्तारुढ राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीले पछ्याइरहेका छन् ।
ताजा मत परिणामअनुसार दिउँसो २ बजेसम्म नेपाल कम्युनिष्ट पार्टीले २८०३, समाजवादी पार्टीले २५४३ र राजपा नेपालले २५४२ मतका साथ पछ्याउँदै आइरहेको छ ।
पिपरा गाउँपालिकामा नेकपा, समाजवादी र राजपा बीचको प्रतिस्पर्धाले कसले बाजी मार्ला भन्ने कुरा अहिले नै आँकलन गर्न सकिँदैन ।
तपाईको प्रतिक्रिया