पिपरा अपडेट : राजपाको पुनः अग्रता, नेकपा पछ्याउँदै

समाचार

12/1/2019

महोत्तरी, १५ मंसिर । पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको निर्वाचनको मतगणना जारी छ । पिपरामा राजपा र नेकपाबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

ताजा मत परिणामअनुसार राजपा २५२१ मतसहित अग्रता कायम गरेको भने नेकपाले २३४१ मतका साथ पछ्याउँदै आइरहेको छ ।

पिपरामा राजपा र नेकपाबीचको प्रतिस्पर्धाले कसले बाजी मार्ला भन्ने कुरा अहिले नै आँकलन गर्न सकिँदैन ।

यसैगरी, अहिलेसम्म समाजवादी पार्टी १९०० र डा.सीके राउतको जनमत पार्टीले ३९५ मत प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ