नेपालगन्ज, ३० बैशाख । बाँकेका किसानका लागि बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनाको मूल नहरको मर्मत सम्भार हालका लागि आयोजनाले नै गर्ने भएको छ ।
परीक्षणको क्रममा भत्किएर क्षतिग्रस्त भएको मूल नहरको मर्मत तथा सुधारको काम हालका लागि आयोजनाले गर्ने प्रस्तावलाई सरकारले स्वीकृत गरेकोले अब मर्मत सम्भारको काम केही दिनभित्रै सुरु गरिने जनाइएको छ ।
क्षतिग्रस्त नहरको मर्मत तथा सुधारको काम सुरु गरिने तयारी भइरहेको जनाइएको छ । सो आयोजनाको निर्माण सम्पन्न नहुँदै अगैयादेखी महादेवपुरीसम्मको मूल नहर पटक–पटक भत्किएर क्षतिग्रस्त भएपछि त्यसको मर्मत सम्भार आयोजना वा निर्माण कम्पनी कसले गर्ने भन्ने अन्योल लामो समयदेखि रहेको थियो ।
तपाईको प्रतिक्रिया