विद्यालयको सामाजिक परीक्षण सम्पन्न

समाचार

9/19/2019

कपिलवस्तु, २ असोज । श्री अनिरुद्ध पब्लिक माध्यमिक विद्यालय बैदौलीले आर्थिक वर्ष २०७५।०७६को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । हालसम्म विद्यालयले गरेका गतिविधि र आगामी दिनमा विद्यालयले गर्ने कार्यका विषयमा सामाजिक लेखा परीक्षण गरेको हो ।

विद्यालयमा सुशासन कार्यमा गर्न, सरोकारवालाको विद्यालयप्रति अपनत्वको विकास गर्न, विद्यालय शासनका उत्तरदायित्व अभिवृद्धि गर्न, विद्यालयको समग्र गतिविधिको समिक्षात्मक लेखाजोखा गर्न र विद्यालयको भावि कार्यदिशा पहिचान गर्नका लागि सामाजिक लेखा परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक रामसेवक यादवले बताए ।

द्यिालयले गरेका कुरा समेटिएको प्रतिवेदन पनि सरोकावाला पक्षले पारित गरेको उनले बताए । यसैगरी बैठकमा आगामी दिनमा विद्यालयले अगाडी बढ्नकालागिपनि सुझावहरु आएको र त्यसलाई विद्यालयले अक्षरंश पालन गरेर कार्यान्वयन गर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ