काठमाडौं, ४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाल उपचार बाबा रामदेवको पतञ्जली योगपीठमा भइरहेको छ ।
लामो समयदेखि अस्वस्थ रहेकी सीताको स्वास्थ्यमा सुधार आएको छैन । उनको उपचारको लागि सिंगापुर, बैंकक र अमेरिकासमेत लगिएको थियो ।
उनको अहिले भारतको हरिद्धारस्थित् पतञ्जली योगपिठमा उपचार गरिरहेको उनकी कान्छी छोरी गंगा दाहालले जानकारी गराएकी छिन् ।
उपचार गराएको फोटो सार्वजनिक गर्दै दाहालले लेखेकी छिन्,‘ममीको आयुर्वेदिक ऊपचारका लागि हरिद्वारस्थित पतन्जली योगपिठमा बाबा रामदेव अनि आचार्य बालकृष्णसँगै हामी ।’ सीता दाहालको साथमा निवर्तमान उद्योगमन्त्री मातृका प्रसाद यादव र उनकी पत्नीपनि सँगै छन् ।
तपाईको प्रतिक्रिया