प्राचीन निग्रोधारम क्षेत्रमा आकर्षण बढ्दै

समाचार

2/15/2019

कपिलवस्तु, २ फागुन । महत्वपूर्ण भएर पनि ओझेल परेको प्राचीन निग्रोधारम (कुदान) पछिल्ला दिनमा भने बौद्धमार्गीको विशेष प्राथमिकतामा पर्ने गरेको छ ।

नेपालमा रहेको बौद्धस्थलहरुमध्ये लुम्बिनी, तिलौराकोट, देवदहपछिको महत्वपूर्ण मानिएको निग्रोधाराम धार्मिक, बाह्य तथा आन्तरिक पर्यटकको महत्वपूर्ण गन्तव्य बन्न थालेकोे छ ।

उत्खनन र अन्वेषणसँगै यसको महत्व बाहिर आएपछि यसप्रति बौद्धमाग्रीका साथै विदेशी पर्यटकको पनि रोजाइमा परेको हो । तिलौराकोटदेखि ५ किमि दक्षिणमा रहेको यहाँ बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ