प्रजातान्त्रिक योद्धा यादवको निधन

समाचार

11/1/2018

बर्दिवास, १५ कार्तिक । महोत्तरीका प्रजातान्त्रिक योद्धा फुलगेन यादवको हृदयघातका कारण ६० वर्षको उमेरमा गए राति निधन भएको छ ।

राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्कँदा लडेर बेहोस भएपछि उनलाई बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए । यादवको पार्थिव शरीर अन्त्येष्टिका लागि पैतृक थलो बगडा लगिएको छ । पछिल्लो समय जिल्लाको चेरुगणन्ता साझेदारी वन उपभोक्ता समितिमा आवद्ध थिए ।

यादव १५/१६ वर्षको किशोवयदेखि नै प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए । लोहारपट्टी नगरपालिका–१ बगडाका बासिन्दा यादवको निधनमा नेपाली काङ्ग्रेस जिल्ला सभापति महेन्द्रकुमार रायले दुःख व्यक्त गरेका छन् । यादव पञ्चायतकालमा पटक–पटक जेल परेका थिए । यादवका पत्नी, दुई छोरा र दुई छोरी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ