रौतहट, २१ साउन । रौतहट जिल्लाको माधव नारायण नगरपालिकाद्वारा आर्थिक वर्ष २०७५।०७६ मा भएको विकास निर्माणका कार्यको सोमबार स्थलगत निरीक्षण गरिएको छ ।
नगरपालिका तथा संघीय र प्रदेश सरकारको बजेटबाट भएको भवन निर्माण, बाटो ढलान, नाला निर्माण, पुल, कलभर्ट निर्माणको स्थलगत निरीक्षण अनुगमन गरिएको हो ।
राजनितिक तथा सामाजिक रिसइवीको कारण नगरपालिकामा हुँदै नभएको व्यक्तिको नामले अखित्यार दुरूपयोग अनुसन्धान आयोगमा दिइएको कपोलकल्पित निवेदन पत्रको आधारमा केहि संचारमाध्यममा नियतवश गरिएको गलत भ्रामक समाचार सम्प्रेषण पछि दर्जनौ संचारकर्मी सहितको सामूहिक टोलीद्वारा योजनाहरुको निरिक्षण गरिएको हो ।
२ आर्थिक वर्षमा विकास निर्माणको लागि नआएको रकम ३० करोड़ अनियमिता भएको भ्रामक उजुरी दिइएको छ । माधव नारायण नगरपालिका निवासी देवाशीष यादव र अमरेन्द्र महतोको नामले दिइएको नकली तथा आधारहीन उजुरीमा लिइएको जिकिर तथ्य परक नभएको निरिक्षणले पुष्टि गरेको छ ।
जनसहभागिता सहित ९५ लाख रुपैया रहेको योजनामा २ करोड़ अनियमिता भएको उजुरीमा दावी गरिएकोमा मिठूअवा स्थित राधा कृष्ण माध्यमिक विद्यालयमा तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत निर्माणाधीन अवस्थामा रहेको दुई कोठे दुइ तल्ले भवनको निर्माण कार्य समयमा संपन्न हुन नसकेको कारण २० लाख रकम फ्रिज भएको तथा ६५ लाख मात्र भुक्तानी भएकोले हुदै नभएको रकम अनियमिता कसरी भएको भनी नगरप्रमुख वीरेन्द्र यादवले प्रश्न गरेका छन् ।
स्थलगत निरिक्षण पश्चात् संचारकर्मी सित कुरा गर्दै मेयर यादवले पारदर्शी ढंगबाट विकास निर्माणको कार्य गरिएको दावी गरेका छन् ।
तपाईको प्रतिक्रिया