कपिलवस्तु, २ असोज । प्रादेशिक मदरसा शिक्षा व्यवस्थापन समिति सामाजिक विकासमन्त्री सुदर्शन बरालको अध्यक्षतामा रहने गरि मदरसा शिक्षाका क्षेत्रमा निकै संघर्षशील व्यक्तिका रूपमा चिनिएका कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ३ चैपुरवाका मशहुद खाँलाई बिहीबार उपाध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको छ ।
प्रदेश नं. ५ सरकारले प्रादेशिक मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्षमा कपिलवस्तुका मशहुद खाँलाई नियुक्त गरेको छ ।
प्रदेश सरकारले प्रदेश सरकारबाट स्वीकृत प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन कार्यविधि, २०७६ को दफा ४ मा प्रदेश स्तरीय मदरसा शिक्षा व्यबस्थापन समिति व्यवस्था गरेको र उक्त समितिमा मुस्लिम समुदायबाट प्रतिष्ठित व्यक्तिमध्येबाट प्रदेश सरकारले उपाध्यक्ष मनोनित गर्न सक्ने व्यवस्था छ ।
तपाईको प्रतिक्रिया