जनकपुरधाम, ७ असोज । मुख्यमन्त्री स्वच्छता अभियानको आयोजना तथा युनिसेफको सहयोगमा प्रदेश नं. २ मा ‘स्वच्छ मधेश समृद्ध प्रदेश’ नारा सहित पूर्ण सरसफाई तर्फको यात्राको शुभारम्भ भएको छ ।
मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक सलाउद्दिन अहमदको अध्यक्षता एव प्रदेश नं. २ का निमित्त प्रमुख सचिव शंकर सुवेदीको प्रमुख आतिथ्यमा शुरु भएको स्वच्छ खानेपानिको लागि गुणस्तर अनुगमन प्रशिक्षक प्रशिक्षण तालिम ३ दिनसम्म संचालन हुनेछ ।
तालिमको समुदघाटन गदैै निमित्त प्रमुख सचिव सुवेदीले प्रदेश सरकारले संचालनमा ल्याएको नमूना कार्यक्रमहरुमा जानकी मन्दिर सौन्दर्यीकरण, विरगंजको नगवा र मुर्ली पोखरीको सौन्दर्यीकरण लगायतका योजनाहरुले प्रदेशको सौन्दर्यतामा टेवा पु¥याउने बताए । स्वच्छता अभियान अन्तर्गत ८ वटै जिल्ला २÷२ वटा गरि १६ वटा अत्याधुनिक सुलभ शौचालय निर्माण प्रक्रियामा रहेको समेत उनले उल्लेख गरे ।
तालिममा युनिसेफको आ.वमा २ कार्यक्रम संचालन रहेको सर्लाही देखी सप्तरी सम्मका १७ पालिकाका २ ÷२ जना प्रतिनिधि सहभागी रहेका छन् । सहभागी प्रतिनिधिहरुले तालिम पछि आ–आफनो स्थानीय तहमा खानेपानीको गुणस्तर अनुगमन गर्ने जनाइएको छ ।
तपाईको प्रतिक्रिया