विराटनगर, २१ पुस । मुख्यमन्त्री शेरधन राईले प्रदेश संसद्को आगामी हिउँदे अधिवेशनबाट प्रदेश नं १ को नामकरण टुङ्गो लगाइने बताएका छन् ।
“अब केही समयपछि प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउँदैछौँ त्यसले प्रदेशको स्थायी राजधानी र नामाकरणका विषय टुङ्गो लगाउनु छ । यी दुवै विषयमा छलफल र बहस व्यापक बनाएका छौँ । लामो समयदेखि बहसका विषय रहेको चुनौतीपूर्ण भए पनि यसलाई सहमतिका आधारमा टुङ्गो लगाउछौँ”, उनले भने ।
मुख्यमन्त्री राईले प्रदेशको नाम किराँत राख्नेबारे सम्बद्ध निकाय र विज्ञको राय लिइएको र अन्य विचार र भावनालाई पनि आत्मसात् गरी तथ्यपूर्ण र तर्कपूर्ण आधारको जगमा उभिएर नामाकरणका विषयलाई निरुपण गरिने उल्लेख गरे ।
तपाईको प्रतिक्रिया