विराटनगर, १८ असार । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गरेका छन् ।
अमेरिकाको बाल्टिमोरमा असार २० देखी २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथीको रुपमा मुख्यमन्त्री राई आज साँझ अमेरिका प्रस्थान गरेका हुन् ।
अमेरिकाको उक्त कार्यक्रममा मुख्यमन्त्री राईले गैर आवासीय नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उक्त कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ को विकास प्रक्रियाका बारेमा सम्बोधन गर्नुका साथै गैर आवासीय नेपालीहरुको भूमिकाको विषयमा समेत धारणा राख्नेछन् । उक्त लगानी सम्मेलनबारे पनि मुख्यमन्त्री राईले अमेरिकामा रहेका नेपालीहरुसँग छलफल गर्नेछन् ।
तपाईको प्रतिक्रिया