जनकपुरधाम, २० कार्तिक । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियारलाई जनकपुरधाममा मुख्यमन्त्रीलगायत मन्त्रीहरुले स्वागत गरेका छन् ।
बुधबार जनकपुर आइपुगेका प्रदेश प्रमुख परियारलाई जनकपुर बिमानस्थलमा मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले स्वागत गरेका छन् ।
प्रदेश २ का मुख्यसचिव दिपक सुवेदी, प्रदेश प्रहरी प्रमुख प्रद्युमन कार्की, प्रदेश २ का प्रदेश प्रदेशसभा सदस्यहरुले स्वागत गरेका थिए ।
प्रदेश प्रमुख परियारको स्वागतमा स्थानीय तहका जनप्रतिनिधि सहित नेकपाका कार्यकर्ताहरुको बाक्लो भिड लागेको थियो ।
मधेश भवन भित्र रहेको प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरका हुन् ।
तपाईको प्रतिक्रिया