जनकपुरधाम, २९ मंसिर । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले धनुषाको क्षिरेश्वरनाथ न पा ५ महेन्द्रनगर मा शुक्रबार राती भएको बम विस्फोट घटनाको पीडित परिवारलाई भेटेका छन् ।
आइतबार बिहानै टोलीसहित घटना स्थल पुगेका मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई प्रति मृतक राहत समेत उपलब्ध गराउने बताए ।
मृतक परिवारलाई उपलब्ध गराइने रकमबारे आउँदो मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिने बताए ।
टोलिमा प्रदेश सभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रदेशसभा सद्स्य सिघासन सा कलबारसहितको सहभागिता रहेको थियो ।
बम बिस्फोटको घटनामा परि प्रहरी निरीक्षक सहित ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घाइतेहरुको उपचार धरानमा भैरहेको छ ।
तपाईको प्रतिक्रिया