प्रदेश सरकार बलिदानी दिवस मनाउँदै, माघ ५ गते सार्वजनिक विदा

समाचार

1/18/2020

जनकपुरधाम, ४ माघ । मधेश आन्दोलनका शहीदहरुको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवस प्रदेश सरकार यस वर्ष पनि औपचारिक कार्यक्रम गरि मनाउने भएको छ ।

प्रदेश सरकारले विरगंजमा आयोजना गर्ने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहिद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता रहने जनाइएको छ ।

शहीद परिवारलाई सम्मान समेत गरिने उक्त कार्यक्रममा सहभागी हुन मधेश आन्दोलन प्रदेश नं. २का सम्पूर्ण शहीद परिवारलाई जानकारी गराइएको छ । बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले माघ ५ गते सार्वजनिक विदाको घोषणा समेत गरि सकेको छ ।

प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको अवसरपारेर मधेश केन्द्रित दलहरु माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउदै आएको थियो ।

तर प्रदेश सरकारको गठन पश्चात गत वर्ष देखी प्रदेश सरकारले उक्त दिवस मनाउन थालेका छन । गत वर्ष प्रदेश सरकारले सिरहाको लहानमै बलिदानी दिवस कार्यक्रमको आयोजना गरेको थियो भने यस वर्ष विरगंजमा आयोजना गर्न लागेका हुन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ