रौतहट, १२ साउन । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रदेश सांसद नागेन्द्र प्रसाद यादवले बाढी पीडितलाई शनिबार राहत वितरण गरेका छन् ।
नेकपाका प्रदेश २ का प्रदेशसभा सदस्य यादवले फतुआ विजयपुर नगरपालिका अन्तर्गतका घुसुकपुर र कटहरिया नगरपालिका अन्तर्गतका फतुआ हर्साहामा पीडितहरुलाई खाद्यान्न सामग्री वितरण गरेका हुन् ।
प्रदेश सांसद यादवले लालबकैया नदीबाट बर्सेनी हुँदै आएको क्षतिले किसान, व्यापारी, उद्योगी, दलित, गरीव, असहाय, पिछड़ावर्ग लगायतका विभिन्न क्षेत्र मर्कामा परेकोले नदीको स्थायी निकास हुनु पर्ने धारणा राखेका छन् ।
राहत वितरण कार्यमा कटहरिया नगरपालिकाका नेकपाका प्रभावशाली नेता नसूरीदीन अन्सारी लगायतका व्यक्तित्वहरु सहभागी भएका थिए । राहत पाए पछि पीडि़तहरु खÞुशी महसूस गरेका छन् ।
तपाईको प्रतिक्रिया