विराटनगर, १५ असार । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई तीन दिने भमणका लागि अमेरिका प्रस्थान गर्ने भएका छन् ।
मुख्यमन्त्री राई बाल्टिमोरमा जुलाई ५, ६ र ७ मा हुने नेप्लिज एसोसिएसन इन अमेरिकाको नेशनल कन्फरेन्समा सहभागी हुन अमेरिका प्रस्तान गर्न लागेका हुन् । आगामी असार १६ गते अमेरिकातर्फ गई मुख्यमन्त्री राई २५ गते फर्कने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया