प्रदेश १ को विनियोजन विधेयक पारित

समाचार

7/7/2019

विराटनगर, २२ असार । प्रदेशसभा बैठकले आउँदो आर्थिक वर्ष ०७६/७७ को विनियोजन विधेयक शुक्रबार पारित गरेको छ ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले ‘विनियोजन विधेयक २०७६ पारित गरियोस्’ भनी गरेको प्रस्ताव ध्वनी मतका आधारमा बहुमतले पारित भएको हो ।

विधेयक पारित हुनुअघि बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद शिवनारायण गनगाईले विधेयकमाथि खर्च कटौती प्रस्ताव गरेका थिए ।

उनले विधेयकअन्तर्गतको आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध भैपरी आउने शीर्षकको २ करोडमध्ये १ करोड बजेट घटाउन र अर्को भैपरी आउने शीर्षकको १ अर्ब बजेट हटाउन प्रस्ताव गरेका थिए ।

मन्त्री आङ्बोले नयाँ दायित्वहरु सिर्जना हुने र प्रदेशमा भैपरी आउने खर्चका लागि भैपरी आउने शीर्षकको बजेट आवश्यक भएकोले सांसद गनगाईलाई खर्च कटौतीको प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ