विराटनगर, ५ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्योग र व्यापारमा देखिएका समस्या समाधान गरिने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय राजदूतावासद्वारा आयोजित ‘खुला सीमाका कारण उद्योग र व्यापारमा देखिएका चुनौती एवं अवसर’ विषयक कार्यक्रममा उनले आर्थिक समृद्धिसँग जोडिएको उद्योग र व्यापारका समस्यालाई प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रममा राख्ने प्रतिबद्धता जनाए ।
उनले प्रदेशको महत्वपूर्ण स्थान विराटनगर विमानस्थललाई सबै मौसममा उडान भर्न सक्ने अवस्थाको बनाइने उल्लेख गर्दै प्रदेशका सम्भावनालाई उच्चतम उपयोग गरिनेमा जोड दिए ।
नेपालका लागि भारतीय राजदूत मञ्जीतसिंह पुरीले नेपाल र भारतको सम्बन्ध नयाँ नभई सदियाँैदेखिको रहेकाले प्रदेश नं १ अरु प्रदेश भन्दा बढी सम्भावना र लाभ लिने अवस्थाको भएको उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले नेपालले आर्थिक विकासमा फड्को मार्न भारतसँग फाइदा लिन सक्नुपर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया