प्रदेश २ को आर्थिक विनियोजन विधेयक सर्वसम्मतिले पारित

समाचार

7/17/2019

जनकपुरधाम, १ साउन । प्रदेश नं. २ को प्रदेश सभामा प्रस्तुत आर्थिक विनियोजन विधेयक २०७६/७७ सर्वसम्मतिले पारित भएको छ ।

सरकारले प्रस्तुत गरेको विधेयक उपर प्रदेश सभा सदस्यहरुले उठाएका सवालमा मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाव दिए पछि विधेयक सर्वसम्मतिले पारित भएको हो ।

प्रस्तुत विधेयक उपर नेपाली काँग्रेसका प्रदेश सभा सदस्य शिवचन्द्र चौधरी र नेकपामा सदस्य सिता गुरुङ्गले खर्च कटौतीको प्रस्ताव दर्ता गराए पनि सत्तापक्षको आग्रह पछि उनीहरुले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ