जनकपुरधाम, २६ कार्तिक । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी अमेरिका जाने भएका छन् ।
यसअघि कूटनीतिक राहदानी (रातो पासपोर्ट) पाउन नसकेपछि अमेरिका नगएको बताएका मुख्यमन्त्री राउतले कार्तिक १९ गते कूटनीतिक राहदानी पाएका हुन् ।
राउतसँगै प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा पनि अमेरिका जाँदै छन् । उनीहरु बुधबार अमेरिका तर्फ उड्नेछन् ।
राउतले अमेरिकामा बस्ने मधेशी मूलका व्यक्तिहरुको संस्था एसोसिएट अफ नेपाली तराईयन इन अमेरिका(एन्टा) को साधारणसभामा भाग लिने राउतको निजी सचिवालयले जनाएको छ ।
राउतको बुधबार अमेरिकातर्फ उड्ने र एन्टाको कार्यक्रममा सहभागी भई मंसिर ४ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।
तपाईको प्रतिक्रिया