प्रदेश २ को सरकारले मृतक परिवारलाई ३ लाख, राहत तथा उद्धारको लागि प्रत्येक जिल्लालाई १०/१० लाख दिने

समाचार

7/13/2019

जनकपुरधाम, २८ असार । प्रदेश नं. २ को सरकारले बाढी पहिरोमा भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

केही दिन यताको अविरल वर्षाले प्रदेशभरिकै जनजीवन अक्रान्त भएको बेला शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहत र उद्धारलाई निरन्तरता दिँदै मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

यसका साथै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद व्यवस्थापन समितिलाई तत्कालका लागि १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले हालसम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई धन्यवाद दिँदै राहत तथा उद्धारमा जुटन प्रदेशभरिका युवाहरुलाई आह्वान समेत गरेको छ ।

बाढी पहिरोका कारण सबै बाटोहरु अवरुद्ध भएको अवस्था राहत तथा उद्धारका लागि संघीय सरकारसंग समन्वय गरेर हेलिकप्टर मंगाउने पहल भई रहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ