प्रदेश २ मा टाइम कार्ड लागू

समाचार

9/22/2019

काठमाडौं, ५ असोज । पूर्व–पश्चिम राजमार्ग भएर चल्ने सवारीसाधनलाई प्रदेश २ अन्तर्गतको सडकखण्ड ५ घण्टामा पार गर्नुपर्ने भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहदेखि बाराको पथलैयासम्मको खण्ड प्रदेश २ मा पर्दछ । यो सडकखण्ड २ सय २५ किलोमिटर रहेको छ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले सार्वजनिक सवारी साधनमा टाइमकार्ड लागू गर्दै २ सय २५ किलोमिटर यो सडकखण्ड पाँच घण्टामा पार गर्नुपर्ने नियम बनाएको हो । यसैगरी भारदहदेखि धनुषाको लालगढसम्म १ सय १५ किलोमिटरको दूरी २ घण्टा ४५ मिनेटमा र लालगढदेखि पथलैयासम्मको १ सय किलोमिटरको दूरी २ घण्टा ४० मिनेटमा पार गर्नुपर्ने नियम बनाइएको छ । टाइम कार्ड उल्लंघन गर्ने सवारीसाधनका चालकलाई जरिवाना तोकिने ट्राफिक प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ