जनकपुरधाम, ८ भाद्र । प्रदेश नं. २ मा हरित प्रदेश अभियानको थालनी भएको छ । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले हरित प्रदेश अभियानको उदघाटन गरेका छन् ।
हरित प्रदेश अभियान अन्तर्गत प्रदेश २ को ८ वटै जिल्लामा वृक्षा रोपन कार्यक्रमको शनिवार सुरुवात गरिएको छ ।
राज्यमन्त्री मण्डलले हरित प्रदेश अभियान वृक्षारोपण अन्तर्गत आठ वटै जिल्लामा दुई सय हेक्टरमा खयर, टिक, गमहाइर लगायत विभिन्न प्रजातीका गरी झण्डै तीन लाख ६ हजार विरुवा रोपिने अभियान रहेको बताएका छन् ।
गृह जिल्ला सिरहाको धनगढीमाई नगरपालिका ६ स्थित गगन खोलाको बगरमा रहेको शिव गंगा सामुदायिक वनको करिव २० हेक्टर जग्गामा वृक्षरोपन गर्दै राज्यमन्त्री मण्डलले अभियानको थाल्नी गरेका हुन् ।
वन जंगल फडानी र विनाशले दिनप्रति दिन भूक्षय, खडेरी, डुबान बाढी पहिरो जस्ता प्राकृतिक विपद बढ्दै गएकाले यसबाट बच्ने एक मात्र विकल्प वनजंगलको संरक्षण र वृक्षरोपन नै भएको बताए ।
तपाईको प्रतिक्रिया