प्रदेश २ लाई पाखा लगाएर भ्रमण वर्ष सफल हुँदैन : मुख्यमन्त्री राउत

समाचार

9/8/2019

जनकपुरधाम, २२ भाद्र । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशको पर्यटकीय विकासका लागि प्रदेश सरकारले धार्मिक पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको बताएका छन् ।

महोत्तरीको बर्दीवासमा नेपाल होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नं. २ को प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको पर्यटकीय विकासका लागि स्थानीय प्रदेश र केन्द्र तीनै तह बीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

मुलुकमा पर्यटन वर्ष २०२० चलिरहेको अवस्थामा समेत नेपाल पर्यटन बोर्डले प्रदेश नं. २ संग विभेद गरिरहेको गुनासो पोख्दै मुख्यमन्त्री राउतले प्रदेश नं.२ लाई पाखा लगाएर पर्यटन वर्ष सफल हुन नसक्ने दावी गरे ।

प्रदेश नं. २ मा धार्मिक पर्यटनको आपार सम्भावना रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकार धार्मिक पर्यटकीय करिडोर निर्माण गर्ने नीतिका अघि बढेको र त्यसबाट होटेल व्यवसायले राम्रो फाइदा लिन सक्ने उल्लेख गरे ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, फास्ट ट्रयाक जस्ता पूर्वाधारहरुले प्रदेशको पर्यटन व्यवसाय ठूलो फड्को मार्ने सम्भावना रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले भने, ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ तर त्यसको लागि संघ सरकारलाई हामीसँग समन्वय गर्नु पर्दछ । विमान स्थललाई पहेली बनाएर राजनीतिक अखाडा बनाउनु हुँदैन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ