जनकपुरधाम, ५ माघ । माघ ५ गते अर्थात मधेश विद्रोहका शहीदहरुको सम्झना मनाइने बलिदानी दिवस यस वर्ष प्रदेश सरकारले भव्याताका साथ मनाइएको छ ।
मधेश विद्रोहका प्रथम शहीद रमेश महतोले शहादत दिएको दिन माघ ५ गते सरकारले बलिदानी दिवसको रुपमा मनाउने घोषणा गरे अनुरुप सिरहाको लहानमा भव्य कार्यक्रमको आयोजना गरेर मनाएको छ ।
१२ औ बलिदानी दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा प्रदेश सरकारले मधेश विद्रोहका ४६ जना शहीद परिवारलाई रोजागारी पत्र समेत प्रदान गरेको छन् ।
प्रदेश सरकारको पहिलो मन्त्रिपरिषदको बैठले शहीद परिवारलाई रोजगारी दिने घोषणा गरे अनुरुप बलिदानी दिवसको अवसर पारेर मुख्यमन्त्री लालबाबु राउतले उनिहरुलाई रोजगारी पत्र प्रदान गरेका हुन् ।
त्यसै गरि प्रदेश सरकारले मधेश आन्दोलनको क्रममा शक्त घाइते भएकाहरुलाई राहत समेत उपलब्ध गराएको छ ।
७७ जना सक्त घाइतेहरुको उनिहरुको अवस्था हेरी २५ हजार देखी ३ लाख सम्मको चेक हस्तान्तरण गरिएको छ ।
शहीद परिवार तथा घाइतेहरुलाई उप्रप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले दोसल्ला र सम्मान पत्रका साथ सम्मान समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया